सत्तारुढ ५ दलीय गठबन्धनको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक बालुवाटारमा जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसीबारे छलफल हुने नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसिसी अनुमोदनका लागि संसदमा पेश गर्नुपर्ने अडानमा हुनुहुन्छ भने माओवादी केन्द्र र एकीकृत समाजवादीले संसदको अवरोध कायम रहेको बेला एमसिसी टेबल गर्न नहुने बताउँदै आएका छन् ।

त्यसैले आजको बैठकलाई एमसिसी र गठबन्धनको भविष्यको निर्धारण गर्ने बैठकका रुपमा हेरिएको छ । एमसीसी अगाडि बढ्छ वा गठबन्धन फुट्छ भन्ने निर्धारण आजको बैठकले तय गर्ने बताइएको छ ।

Back to top button