हरि खड्काले नक्कली प्रमाणपत्रले जागिर खाएको विशेष अदालतको ठहर

काठमाडौं । नेपाली महिला फुटबल टिमका पूर्व प्रशिक्षक हरि खड्काले नक्कली प्रमाणपत्रका आधारमा जाखिर खाएको ठहर भएको छ।

आज विशेष अदालत काठमाडौंले खड्काले नेपाल प्रहरीको सहायक निरीक्षक (असई) पदमा स्थायी जागिर खाँदा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको ठहर गरेको हो।

न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासले नक्कली प्रमाणपत्रका आधारमा जागिर खाएको ठहर गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघ १२ गते खड्काले भारतको वाराणसी, उत्तरप्रदेशबाट जारी भएको शैक्षिक प्रमाणपत्र पेश गरेको र उक्त प्रमाणपत्र (आईए) नक्कली भएको दाबीसहित मुद्दा दायर गरेको थियो । एक महिना पनि नपुग्दै विशेषले फैसला गरेको हो।

खड्काले नक्कली प्रमाणपत्रका आधारमा २०५५ कात्तिक १ गते खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति पाउनुभएको थियो भने २०५९ पुस १४ मा प्रहरी नायब निरीक्षक पदमा बढुवा हुनुभएको थियो ।

Back to top button