मारवाडी प्रिमियर लिग क्रिकेट प्रतियोगिता फागुन ११ देखि हुने

विराटनगर । नवौं मारवाडी प्रिमियर लिग(एमपिएल–९) फागुन ११ गतेदेखि १४ गतेसम्म हुने भएको छ । आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै नेपाल अग्रवाल युवा मञ्चले प्रतियोगितामा मारवाडी समुदाय अन्तर्गतका अग्रवाल, माहेश्वरी, ओस्वाल, मारवाडी ब्राह्मण, मेंढ स्वर्णकारका युवा टीमहरुको सहभागिता हुने छ ।

मञ्चका अध्यक्ष प्रदीप अग्रवालले विराटनगर –२ स्थित शंकरपुरमा हुने प्रतियोगितामा म्याजिक स्ट्राकर, प्रिमियर ११, हुलास ११,पर्शुराम वारियर, सिएसवी ११ गरी पाँच टीम वीच १० वटा लिग कम नकआउट प्रतियोगिता हुने जानकारी दिनु भयो । प्रतियोगितामा बिजयी हुने प्रथम टीमलाई नगद रु ६१ हजार, दोश्रोलाई २१ हजार र ट्रफि सहितको पुरस्कार प्रदान गरिने भएको छ ।

प्रतियोगिताका संयोजक हेमन्त अग्रवालले उक्त खेल टि –१० को आधारमा खेलाइने जानकारी दिनु भयो । किकेट खेलको विकास एवं सामाजिक सदभाव कायम गर्ने उद्देश्यका साथ आयोजित प्रतियोगितालाई भव्यता प्रदान गर्न र युवाहरु वीच खेलकूदप्रति अभिरुचि जगाउन मोटरसाइकल ¥यालीले नगर परिक्रमा गरिने आयोजकले जनाएको छ ।

Back to top button