करेन्ट लगाएर माछा मार्ने क्रममा दाजुभाईको मृत्यु

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लाग्दा दाजुभाइको मृत्यु भएको छ। तिनाउ–२ खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको करेन्ट लागेर मृत्यु भएको हो।

हिजो बेलुका तिनाउ–२ स्थित दोभान खोलामा माछा मार्ने क्रममा दाजुभाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। स्थानीय तिनाउ–१ बेलदमार बस्ने पदमबहादुर चिदीको घरबाट तार जोडेर माछा मार्ने क्रममा दाजुभाइलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

Back to top button