प्रतिनिधिसभाको बैठक आज बस्दै, कार्यव्यवस्था परामर्श समितिको बैठक साढें ११ बजे

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनुभएको छ ।

आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसिसी आज टेबुल गर्ने जनाएको छ । तर सत्ता गठबन्धनमा एमसिसीबारे सहमति जुटेको छैन ।

सहमतिको प्रयासमा आज बिहान दश बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ । हिजो बसेको गठबन्धनको बैठक निष्कर्षविहीन भएको थियो ।

Back to top button