प्रचण्ड भेट्न नेपाल र यादव खुमलटारमा

काठमाडौं । माओवादीकेन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव खुमलटार पुग्नुभएको छ ।

सत्ता गठबन्धनको बैठकअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको हो।

प्रचण्ड निवास खुमलटारमा बिहान भएको भेटमा झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो ।

Back to top button