सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौं । एमसिसीमा साझा धारणा बनाउने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहिबेर अघिदेखि सुरु भएको हो ।

एमसिसी संसदमा टेबुल गर्ने बिषयमा सहमति जुटाउन हिजो बसेको बैठक निष्कर्षहिन भएपछि आज पुनः बैठक बसेको हो । सहमति कायम भए आजै प्रस्ताव टेबुल गर्ने मोडमा प्रधनमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुनुहुन्छ ।

सहमति कायम नभई देउवाले बलजफ्ति गर्न खोजे गठबन्धन नै टुट्नसक्ने सम्भावना समेत रहेको छ ।

Back to top button