एमसीसीलाई लिएर हिंसा भड्काउने विचारहरू स्वीकार्य हुँदैन : अमेरिका

काठमाडौं । अमेरीकाले एमसिसीको बिषयलाई लिएर हिंसा भड्काउने विचारहरु स्वीकार्य हुन नसक्ने जनाएको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासको आधिकारिक फेसबुक पेजमार्फत आज अपरान्ह आफ्नो धारणा सार्वजनिक गर्दै एमसिसीका विषयलाई लिएर हिंसा वा हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य नहुने बताएको हो ।

‘हामी वाक स्वतन्त्रता र तथ्यमा आधारिक खुला बहसको समर्थक हौं, एमसिसीको विषयमा पनि हाम्रो धारणा त्यहि हो’ पेजमा लेखिएको छ,‘आफ्नो विचार व्यक्त गर्न पाउनु लोकतन्त्रको अन्तरनिहीत विषयवस्तु हो र सबैलाई आफ्नो धारणा शान्तिपूर्वक राख्न छुट हुनुपर्छ। तर हिंसा या हिंसा भड्काउने किसिमका विचारहरू स्वीकार्य हुँदैनन् ।’

Back to top button