टी–२० ग्लोबल क्वालिफायरमा नेपालले आज दोस्रो खेलमा फिलिपिन्ससँग खेल्दै

काठमाडौं । आईसीसी टी–२० ग्लोबल क्वालिफायरअन्तर्गत समूहको आफ्नो दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्दैछ । ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा यो खेल नेपाली समयअनुसार बिहान पौने १२ बजेदेखि सुरु हुनेछ ।

यसअघि पहिलो खेलमा हिजो घरेलु टोली ओमानलाई ३९ रनले हराएको नेपालका लागि आजको खेल तुलनात्मक रुपमा सहज हुनसक्छ । ग्लोबल क्वालिफायरको नवआगन्तुक टोली फिलिपिन्सले हिजो क्यानडासँग १ सय १८ रनको हार ब्यहोरेको थियो ।

फिलिपिन्सलाई हराउन सकेमा नेपालले सेमिफाइनल यात्रा लगभग निश्चित गर्नेछ । नेपाल र फिलिपिन्सबीच खेल भएकै समयमा यही समूहका क्यानडा र ओमानबीच पनि खेल हुनेछ ।

नेपाल र क्यानाडाले आ–आफ्नो खेलमा आफू अनुकूल नतिजा निकालेको अवस्थामा यो समूहबाट सेमिफाइनलमा पुग्ने टोलीको टुंगो आजै लाग्नेछ । ग्लोबल क्वालिफायर ए मा रहेका ८ टोलीलाई दुई समूहमा बाँडेर प्रतियोगिता सन्चालन गरिएको छ ।

अर्को समूहमा यूएई, आयरल्याण्ड, जर्मनी र बहराइन छन् । दुई समूहको शीर्ष दुई टोलीले सेमिफाइनल खेल्नेछन् । यसअघि हिजो भएको पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले हराएको थियो । १ सय १८ रनको लक्ष्य पछ्याएको ओमानलाई १७ ओभरमै ७८ रनमा अलआउट गर्दै नेपालले सानदार जित निकालेको थियो ।

Back to top button