एमसिसीको बिषयमा धारणा तय गर्न एकिकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसिसीको बिषयमा धारणा तय गर्न नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दै छ ।

बिहान ११ बजे नयाँबानेश्वरस्थित होटल अर्यालमा बस्ने बैठकबाट एमसिसी पार्टीको एकीकृत धारणा बनाउने पार्टीका नेताहरुले बताउनुभएको छ ।

सत्ता गठबन्धनको बैठकमा र सार्वजनिक कार्यक्रमहरूमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसिसी जस्ताकोतस्तै संसदबाट पारित गर्न नहुने मत राख्दै आउनुभएको छ ।

पार्टीका महासचिव डा.वेदुराम भुसालले स्थायी कमिटीको बैठकमा समसामयिक राष्ट्रिय राजनीति, चुनावको तयारी, पार्टीको आन्तरिक गतिविधि लगायतका विषयमा बैठकमा छलफल हुने बताउनुभएको छ ।

Back to top button