सैनिकमञ्चमा मनाइयो प्रजातन्त्र दिवस

काठमाडौं । सैनिकमञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरी आज प्रजातन्त्र दिवस मनाइएको छ । २००७ साल फागुन ७ गते १०४ वर्षे जहानियाँ राणा शासन अन्त्य भएपछि नेपाली जनता रैतीबाट नागरिक बनेको ऐतिहासिक दिनको स्मरणमा हरेक वर्ष आजको दिनमा प्रजातन्त्र दिवस मनाउने गरिन्छ ।

टुँडिखेलमा आयोजितमा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा, मन्त्रीहरु, उच्चपदस्थ कर्मचारीहरुको सहभागिता थियो ।

समारोहलाई उत्सवमय बनाउन नेपाली सेनाले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ व्यानर अंकित दुई वटा हेलिकोप्टरबाट पृष्पवृष्टि गराएको थियो । मैदानबाट शान्तिका दूत परेवा र रंगीचंगी बेलुन उडाइएको थियो ।

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले मार्चपासका साथै राष्ट्रिय गीतका धून र व्याण्ड प्रस्तुत गरेका थिए । कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नुभयो ।

Back to top button