एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु

काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित अर्याल होटलमा बैठकमा सुरु भएको हो । ‘मुल रुपमा आजको बैठकको एजेण्डा एमसीसी नै हो ।

योभन्दा अर्को एजेण्डा छैन’, उपमहासचिव गंगालाल तुलाधरले भन्नुभयो । ‘एमसीसीसँग जोडिएका अन्य कुराहरुमा गठबन्धनको भविष्य, हाम्रो भुमिकालगायतका बारेमा छलफल हुन्छ र निर्णयमा पुग्छौ ।’ उहाँको भनाई छ ।

नेता तुलाधरले एमसीसी यथास्थितिमा पास गर्नुहुँदैन भन्ने पूर्ववत् धारणा रहेको भन्दै यो बीचमा पनि एमसीसीका सम्वन्धमा धेरै अध्ययन गरिएको बताउनुभएको छ ।

यस पार्टीको नेतृत्वले यथास्थितिमा एमसीसी पास हुन नसक्ने बताउँदै आएपनि सरकारमा रहेका मन्त्रीहरु एमसीसी पास गरेर गठबन्धन र सरकार जोगाउनुपर्ने पक्षमा रहेका छन् ।

Back to top button