बाबुको हत्या आरोपमा एक किशोर पक्राउ

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–२ वितलवका एक किशोर बाबुको हत्या आरोपमा पक्राउ परेका छन् ।

५० वर्षीय दलबहादुर दर्जीको हत्या गरेको आरोपमा उहाँका १७ वर्षीय छोरा पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार गएराति करिब १२ बजे ती किशोरले ह्याम्मर प्रहार गर्दा दलबहादुरको घटनास्थलमै मृत्यु भएको हो ।

ह्याम्मर प्रहार गर्ने किशोर दलबहादुरका साइँला छोरा हुन् । घटनाबारे अनुसन्धान भइरेहको प्रहरी निरिक्षक अधिकारीले बताउनुभयो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Back to top button