एमसिसीको पक्षमा जान नसकिने एकिकृत समाजवादीको निर्णय

काठमाडौं । नेकपा एकीकृत समाजवादीले यथास्थितिमा अमेरिकी सहयोग परियोजना एमसिसीको पक्षमा जान नसकिने जनाएको छ।

नेकपा एसको आज सम्पन्न स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सर्वसम्मत रुपमा एमसिसीलाई अनुमोदन गर्न नसकिने, नेपाली जनताको चाहनाविपरित र राष्ट्रहित हुने खालका विषय संसोधन अनिवार्य रहेको निर्णय गरेको छ।

आजको बैठकपछि नेकपा एसका उपमहासचिव जगनाथ खतिवडाले पूर्व प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको अध्ययन कार्यदलले बनाएको प्रतिवेदन पढेर सुनाउनुका साथै उक्त प्रतिवेदनमाथि २५ जना नेताले छलफल गरेको बताउनुभयो ।

यस्तै, संसद अवरोध भइरहेको अवस्थामा एमसिसी टेबुल गर्ने विषय सोच्न नसकिने उहाँको भनाइ छ। उहाँले भन्नुभयो,‘एमसिसी प्रस्ताव टेबुल गर्नु कुनै ठूलो कुरा होइन तर एमसिसीमा के छ भनेर सबैले बुझ्न जरुरी छ।’

Back to top button