सत्ता गठबन्धनका तीन दलका शिर्ष नेता नेपाल निवासमा

काठमाडौं । सत्ता गठबन्धनका तीन दल एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको निवास कोटेश्वरमा भेला भएका छन्।

एमसिसीबारे साझा धारणा बनाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नारायणकाजी श्रेष्ठ र जसपा अध्यक्ष उपेन्द्र यादव उपाध्यक्ष अशोक राई कोटेश्वरमा भेला हुनुभएको हो ।

बैठकमा शहरी विकासमन्त्री रामकुमारी झाँक्री समेत सहभागी भएको अध्यक्ष नेपालका सहयोगी मोहन गौतमले जानकारी दिनुभएको छ । एमसिसीबारे निर्णय लिन सत्ता गठबन्धनको बैठक बस्दै छ। त्यस अघि आ–आफ्नो पार्टीको धारणा तय गर्न सत्ताधारी तीन दलको बैठक बसेको हो ।

एकीकृत समाजवादी एमसीसी संसदमा टेबुल गर्ने पक्षमा रहेको छ भने माओवादी केन्द्रले एमसिसीको विपक्षमा मत दिने बताउँदै आएको छ। कांग्रेस भने जसरी पनि आजै संसदमा एमसिसी टेबल गरेर छलफलमा लैजाने अडानमा छ। संसद बैठक आज दिउसो १ बजे बस्दै छ।

Back to top button