सत्तारुढ गठबन्धनमा एमसिसी टेबल गर्ने सहमति

काठमाडौं । सत्तारुढ गठबन्धनमा एमसिसी टेबल गर्ने सहमति भएको छ । भर्खरै बालुवाटारमा बसेको बैठकले एमसिसी टेबल गर्ने सहमति गरेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जानकारी दिनुभएको छ ।

नेपालका अनुसार एमसिसीसँगै रोकिएका ४१ वटा विधेयक पनि सदनमा पेस गर्ने सहमति बनेको छ । एमसिसी केपी ओलीकै पालामा संसद सचिवालयमा दर्ता भइसकेको छ । त्यसलाई सदनमा पेस गर्ने सहमति जुटेको नेता नेपालले भन्नुभयो ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस एमसिसी जस्ताको त्यस्तै अनुमोदन हुनुपर्ने पक्षमा छ । गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्र राष्ट्रिय सहमति नजुटाइ एमसिसी पास गर्न नहुने अडानमा छ ।

उसले एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ । नेकपा एसले भने एमसिसी पेस भए पनि संशोधनबिना पास गर्न नहुने बताएको छ ।

Back to top button