सरकारमा भएका दलहरु अमेरिकासामु लम्पसार परे : भीम रावल

काठमाडौं । एमालेका नेता एवं सांसद भीम रावलले सरकारमा भएका दलहरुले अमेरिकासामु लम्पसार परेर संसदमा एमसीसी टेबुल गरिएको आरोप लगाउनुभएको छ ।

बुधबारको संसद बैठकमा उहाँले दलहरुबीच राष्ट्रिय सहमति नभई एमसीसी संसदमा टेबुल गर्नु सार्वभौम जनता र सार्वभौम संसदको अपमान भएको बताउनुभयो । त्यसैले तत्काल एमसीसी टेबुल गर्ने प्रस्ताव खारेज गर्न उहाँले माग गर्नुभयो ।

दलहरुबीच राष्ट्रिय सहमति नभई कसरी संसदमा एमसीसी टेबुल भयो?’, उहाँले भन्नुभयो, ‘संसद प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आएको छ। जनता एमसीसीविरुद्ध सडकमा छन्। यस्तो स्थितिमा संसदमा एमसीसी टेबुल हुनु आपत्तिजनक छ।’ सांसद रावलले संघीय कानुन नबन्दै एमसीसी कुन ऐनकानुनको आधारमा संसदमा टेबुल भयो भनी सभामुखसँग प्रश्नसमेत गनुभयो ।

उहाँले विदेशीको धाकधम्कीमा लम्पसार परेर एमसीसी संसदमा ल्याउनुले देश संविधानअनुसार चल्दैन भन्ने पुष्टि हुनेसमेत औंल्याउनुभयो।

Back to top button