सरकारमा बसेर एमसीसीको विरोध गर्न मिल्दैनः थापा

काठमाडौं । कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले नेकपा नेतृत्वको सरकारले ल्याएको एमसीसी सम्झौतालाई तत्कालीन नेकपाका नेताले विरोध गर्नु अराजनीतिक भएको टिप्पणी गर्नुभएको छ ।

आज संसद् बैठकपछि बाहिरिने क्रममा थापाले एमसीसी टेबल भएर छलफलका लागि प्रस्तुत हुनु सकारात्मक भएको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नाराबाजीकै बीच भए पनि एमालेले छलफलमा भाग लिएको छ। माओवादी, नेमकिपा र जनमोर्चाले पनि एमसीसीबारे छलफल गरेका छन्। अब संसदले आफ्नो प्रक्रिया पुर्‍याएर निर्णय लिन सहज हुनेछ।’

यस्तै, सरकारले ल्याएको प्रस्तावको विपक्षमा हुनेहरूले सरकार छाड्नुपर्ने उहाँको भनाइ थियो। ‘सरकारमै बसेर सरकारले ल्याएको प्रस्तावको विरोध गर्न मिल्दैन’, उहाँले भन्नुभयो ।

Back to top button