मधेस र मधेसी जनताको अधिकारको लागि लड्ने हामी मात्रै छौँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी जनताको पहिचान र अधिकारको लागि लड्ने पार्टी माओवादी केन्द्र मात्रै भएको दाबी गर्नुभएको छ ।

उहाँले आफ्नै निवास खुमलटारमा आज एक कार्यक्रममा रौतहटका कांग्रेस र एमालेका नेताहरूलाई पार्टीमा भित्र्याउँदै यस्तो बताउनुभएको हो । मधेशमा मात्र नभई देशैभरि माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर नै चलेको उहाँको भनाइ छ।

Back to top button