अनमोलको हनी बनी दशैमा प्रदर्शन हुने

काठमाडौं । अनमोल केसीको मुख्य भूमिका रहने फिल्म ‘हनी बनी’ को प्रदर्शन मिति तोकिएको छ।

दिवाकर भट्टराईको निर्देशनमा बन्ने फिल्म आगामी दशैंको अवसर पारेर प्रदर्शन गर्ने तयारी गरिएको हो। प्रेम कथामा आधारित फिल्ममा मुख्य अभिनेत्रीको भने टुंङ्गो लागिसकेको छैन।

यो महिनाभित्रै सबै कलाकार पक्का गरेर छायाङ्कनमा जाने तयारीमा निर्माण टोली रहेको छ। फिल्मको सम्पूर्ण छायाङ्कन बेलायतमा हुने बताइएको छ।

एबी इन्टरनेसनल, गौतम प्रोडक्सन र भ्वाइस फिल्मि लिमिटेडको सहकार्यमा निर्माण हुने फिल्मको अनुमानित बजेट ७ करोड बताइएको छ। यसअघि दिवाकरको निर्देशनमा अनमोलले स्पोर्ट ड्रामा ‘क्याप्टेन’मा सहकार्य गर्नुभएको थियो ।

फिल्म व्यावसायिक रूपमा असफल सावित भएको थियो। ‘हनी बनी’ आफ्ना लागि अवसर र चुनौती दुवै रहेको आफूले शतप्रतिशत इमान्दारीसाथ काम गर्ने निर्देशक भट्टराईले बताउनुभएको छ ।

यसअघि अनमोल एक्सन फिल्म ‘एक्स ९’ को लागि शरीरमा काम गरिरहनुभएको थियो । फिल्म तोकिएको समयमा छायांकन नहुने भएपछि उहाँले हनी बनी साइन गर्नुभएको हो । अनमोलको ‘ए मेरो हजुर ४’ प्रदर्शनको तयारीमा रहेको छ।

Back to top button