विवाहको नाचगानमा झडप हुँदा एक युवकको मृत्यु

धनगढी । विवाहको नाचगानलाई लिएर भएको विवादमा झडप हुँदा एक युवकको मृत्यु भएको छ। कैलालीको भजनी नगरपालिका–९ स्थित विवाहमा भएको झगडामा सोही ठाउँ बस्ने २५ वर्षीय बसन्त चौधरीको गएराति मृत्यु भएको हो।

प्रहरीका अनुसार विवाहमा बसन्तसहित सोही ठाउँ बस्ने २० वर्षीय दिनेश बिष्ट, गणेश सिंह, २५ वर्षीय लक्ष्मण बराल, २३ वर्षीय किशन बडैला, २३ वर्षीय प्रदीप कार्की, २५ वर्षीय दीपक अवस्थीलगायतका व्यक्तिहरू नाचगान गर्ने क्रममा झडप भएको थियो।

झडपमा कुटपिटबाट गम्भीर घाइते भएका बसन्तको घोडाघोडी अस्पताल सुख्खड कैलाली हुँदै मेडिकल कलेज कोहलपुरमा उपचारकै क्रममा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले कुटपिटमा संलग्न ४ जनालाइ नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ।

Back to top button