नेपाली बलर चम्किदा क्यानडा ८० रनमा सिमित

विराटनगर । नेपाली बलर चम्किदा आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको ग्लोबल छनोटअन्तर्गत समूह चरणको खेलमा क्यानडा ८० रनमा सिमित बनेको छ ।

ओमानमा जारी समूह चरणको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडा नेपाली बलरसामु टिक्न सकेन । कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न नसक्दा सिंगो टीम ८० रनमा अलआउट हुन पुग्यो ।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३, अविनाश बोहरा र कमलसिंह ऐरीले २–२ तथा कुशल मल्लले एक विकेट लिए । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

यो खेल जितेमा नेपाल समूह विजेताका रूपमा सेमी फाइनलमा पुग्नेछ । सेमी फाइनलमा यूएईसँग प्रतिस्पर्धा हुनेछ । फाइनलमा पुग्ने टोली अस्ट्रेलियामा हुने टी–ट्वान्टी विश्वकपका लागि छानिने छ ।

Back to top button