कोरोना अपडेट: ३ सय ८८ थपिए, चारको मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर ३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार ८ हजार १ सय ४० जनामा गरिएको परीक्षणमा ३ सय ८८ जना संक्रमित भेटिएका हुन्। आज ४ जना संक्रमितको मृत्यु भएको छ भने १२ सय ५ जना संक्रमित संक्रमणमुक्त भएका छन्।

मन्त्रालयको विवरणअनुसार हाल देशभर ११ हजार २ सय ८२ जना सक्रिय संक्रमित रहेका छन्। नेपालमा हाल संक्रमणमुक्त हुने दर ९७ प्रतिशत रहेको छ। हाल १९ जना संक्रमित भेन्टिलेटरमा र १ सय३९ जना संक्रमित आइसियुमा उपचाररत छन्।

Back to top button