नेपाल टी–२० विश्वकप छनोटको सेमिफाइनलमा प्रबेश, भोलि युएईसँग भिड्ने

काठमाडौं । नेपालले सेमिफाइनलमा भोलि युएईसँग प्रतिस्पर्धा गर्नेछ। युएई सोमबार नै समूह–२ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो।

अर्को सेमिफाइनलमा आयरल्यान्ड र आयोजक ओमान भोलि नै भिड्नेछन्।आइसिसी टी–२० विश्वकप छनोटको सेमिफाइनलमा पुगेको छ। नेपाल समूह– १ को विजेता भन्दै अन्तिम चारमा पुगेको हो। अब सेमिफाइनलमा युएईलाई पराजित गर्न सके नेपालले आगामी अक्टोबरमा अस्ट्रेलियामा हुने टी–२० विश्वकपमा स्थान पक्का गर्नेछ।

नेपालले पछिल्लो पटक सन् २०१४ मा टी–२० विश्वकप खेलेको थियो। नेपालले समूहमा लगातार तेस्रो जित निकाल्ने क्रममाआज क्यानडालाई ८ विकेटले पराजित गरेको छ ।

क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो।

Back to top button