मोबाइलको चार्जरले घाँटी कसेर साथिको हत्या

विराटनगर। लेनदेनमा कुरा नमिलेपछि भएको विवादका क्रममा उदयपुरका कमल विकले एक जना भारतीय नागरिकको हत्या गरेको प्रहरीले जजनाएको छ । मोरङ प्रहरीका अनुसार कलमले भारतीय नागरिक ५० वर्षीय राम किसनको मोबाइलको चार्जरले घाँटी कसेर हत्या गरेको प्रहरीको अनुसन्धान बाट खुलेको छ । कलमलाई भने प्रहरीले पक्राउ गरेको छ ।

उदयपुर घर भएका २८ वर्षीय कमल मोरङको पथरीमा बस्दै आउनु भएको थियो । उहाँलाई धेरैले कमल थापा भनेर चिन्ने गरेको प्रहरीको भनाइ छ । लेनदेनमा हिसाब नमिलेपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रमुख जनार्दन जिसीले जानकारी दिनु भयो ।

मृतक रामले मोरङ कानेपोखरी–६ स्थित डाँसखोलाको पुलको काम गर्दै आउनु भएको थियो । ठेक्का लगाएर काम गरेबापत आएको रकम हिसाब नमिलेपछि हत्या भएको प्रहरीको दाबी छ । पक्राउ परेका कमलले सँगै काम गर्ने साथी भारतीय नागरिकलाई २६ माघमा राति हत्या खुलेको छ । हत्या गरेको १३ दिनपछि कमललाई प्रहरीले पक्राउ गरेको हो ।

कामको शिलशिलामा वीरगन्ज गएका राम र कमलबीच २५ माघमा पथरी आउने क्रममा बाटोमै विवाद भएको थियो । गाडीका चालक राम किसन थिए । पहिलेदेखिको काम गरेबापत आएको रकम हिसाव विवाद निस्केपछि गाडीभित्रै उनीहरुको झगडा परेको थियो । त्यही क्रममा कमलले गाडी भित्र रहेको मोवाइल चार्ज गर्ने तारले राम किसनको घाँटी बाँधेर हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ ।
हत्यापछि कमलले राम किसनको शव कारको डिक्कीमा राखेर आफैं गाडी चलाएर उदयपुरको जंगलतिर लागेका थिए । हत्या गरेको घटनास्थलदेखि करिब २५ किलोमिटर टाढा उदयपुरको कटहरी नगरपालिका ८ पटना भन्ज्याङ्गस्थित सिद्धिचरण राजमार्गबाट करिब २० मिटर तल शव फालेर कमल हिँडेका थिए ।

मृतकका आफन्तले इलाका प्रहरी कार्यालय पथरीमा खोजीका लागि दिएको उजुरीका आधारमा अनुसन्धान गर्दैगर्दा हत्या गरेको १२ दिनपछि फागुन ७ गते राम किसनको शव भेटिएको थियो ।

Back to top button