प्रदेश १ मा नामकरणका लागि आज सर्वदलीय बैठक बस्दै, एमाले पनि सहभागी हुने

विराटनगर । मुख्यमन्त्री फेरिँदा पनि नाम पाउन नसकेको प्रदेश १ मा नामकरणका लागि आज सर्वदलीय बैठक बस्दै छ ।
सरकारले प्रदेशको नामबारे छलफल गर्न मंगलवार विराटनगरमा सर्वदलीय बैठक आह्वान गरेको छ । तीन जना मुख्यमन्त्री पाएको प्रदेश १ सरकारले नामकरणका लागि सर्वदलीय बैठक आह्वान गरेको यो दोस्रो पटक हो ।

गठबन्धन सहित प्रमुख प्रतिपक्षी एमाले र राप्रपाको साथ लिएर नामाकरण टुंगाउने तयारीमा प्रदेश सरकार रहेको छ । यस अघि शेरधन राईले एक पटक सर्वदलीय बैठकको आह्वान गर्नु भएको थियो । सत्ता गठबन्धनले भने एउटै नाम प्रस्ताव गर्ने सहमति गरेको आर्थीक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वोले बताउनु भयो नेकपा एकीकृत समाजादी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक मन्चसहितको गठबन्धनले सहमतिमा एउटै नाम प्रस्ताव गर्ने सहमति गरेका छन् ।

प्रदेश १ का मुख्यमशनत्री राजेन्द्र कुमार राईले सरकारले नामकरणको बिषयलाई उच्च प्राथमिकता दिएको बताउँदै आउनु भएको छ । मन्त्री परिषदको बैठकले जसपाका नेता एवम् स्वास्थ्यमन्त्री जयराम यादवको नेतृत्वमा सर्वदलीय समन्वयका लागि समिति पनि गठन गरिसकेको छ । संसदमा प्रतिनिधित्व गर्ने सबै दलको धारणा बुझ्नका लागि बैठक बोलाइएको मन्त्री यादवले बताउनु भयो

प्रदेश सरकारले आयोजना गरेका कार्यक्रममा सहभागी नभएको एमाले आज भने सहभागी हुने भएको छ । आजको सर्वदलीय बैठकमा भेला हुने नेकपवा एमालेका प्रदेश कमटि अध्यक्ष समेत रहेका प्रदेश सांसद तुलसी न्यौपानेले बताउनु भयो ।

Back to top button