कल बाईपासमा सम्लग्न रहेको आरोपमा ३६ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं । काठमाडौंको पुरानो बानेश्वरबाट प्रहरीले ३६ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गएराती उनीहरूलाई पक्राउ गरेको हो ।

चिनियाँ नागरिक पक्राउ परेको पुष्टि गर्दै महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदीप गिरीले पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ ।

पक्राउ परेकाहरुमाथि अवैध कल बाइपासमा संलग्न भएको आरोप छ । उनीहरुलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको छ ।

Back to top button