प्रधानमन्त्री लाई भेट्न ओली बालुवाटारमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार जानुस भएको छ ।

एमसीसी संसदमा पेश भएपछि ओली प्रधानमन्त्री देउवालाई भेट्न पहिलो पटक बालुवाटार जानु भएको हो ।

संसदमा एमसीसी पेश हुने अघिल्लो दिन देउवाले बालकोटा पुगेर ओलीलाई भेटनु भएको थियो । दुई नेताको भेटमा भएको कुराकानी सार्वजनिक भएको छैन ।

एमालेले सत्तारूढ गठबन्धन भत्काउने शर्तमा एमसीसीमा सघाउने बचन देउवालाई दिएको राजनीतिक वृत्तमा चर्चा छ । दुई नेताको आजको भेटलाई अर्थपुर्ण ढङ्गले हेरीएको छ ।

Back to top button