कलाकार जयनन्दको निधन

काठमाडौं । गायक तथा कलाकार जयनन्द लामाको आज बिहान ६६ वर्षको उमेरमा निधन भएको छ। आफ्नै निवास अगाडि लडेको अवस्थामा उहाँ मृत भेटिनुभएको हो ।

प्रहरीले उहाँको मृत्यु भइसकेको जनाएको छ। उहाँको अप्रत्याशित मृत्युपछि निर्माता, निर्देशक तथा हाँस्य कलाकार दीपकराज गिरीले फेसबुकमा उहाँप्रति श्रद्धाञ्जली दिँदै लामासँग छक्का पञ्जा ४ मा सँगै काम गर्ने इच्छा अपूरो रहेको उल्लेख गर्नुभएको छ ।

कलाकार जयनन्दको ‘कलकत्ते काइयो’ जनजिब्रोमा झुण्डिएको थियो । थुप्रै चलचित्रमा अभिनय समेत गर्नुभएका जयनन्द कुनै समय विद्यालयमा संगीत समेत पढाउनुहुन्थ्यो ।

Back to top button