‘एमसिसीका विषयमा म दोधारमा छु’ : मन्त्री झाँक्री

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेतृ तथा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमसिसीका विषयमा आफू दोधारमा परेको बताउनुभएको छ ।

आज चितवनको भरतपुरस्थित पार्टी कार्यालयमा प्रतिक्रिया दिंदै उहाँले पार्टीको निर्णय स्वीकार गर्ने बताउनुभयो। हाम्रो जस्तो गरीब देशलाई एमसिसी पनि चाहिन्छ भन्दै उहाँले यसलाई अध्ययन गरेर पास गर्नुपर्ने बताउनुभयो ।

आफू सरकारमा रहेको हुनाले सरकारको विरोध गर्न नसक्ने बताउनुभएकी मन्त्री झाँक्रीले आफ्ना पार्टीका नेता र कार्यकर्ता सडकमा आफू सरकारमा रहेको कारण दोधारमा परेको बताउनुभयो ।

‘नेपाली कांग्रेस र प्रधानमन्त्री पूर्ण रुपमा एमसिसीको पक्षमा हुनुहुन्छ। म त्यही सरकारको मन्त्री छु । मैले कसरी बिरोध गर्न कहाँ सक्छु र ? उहाँले भन्नुभयो ‘अर्कोतिर हाम्रो पार्टीका नेता कार्यकर्ता एमसीसीको विरोधमा सडकमा हुनुहुन्छ, उहाँहरुले बोलाउँदैमा जान मिल्छ र ?’

Back to top button