भोलिको संसद बैठकको कार्यसूची सार्वजनिक

काठमाडौं । भोलि बस्ने प्रतिनिधिसभा बैठकको संभावित कार्यसूची सार्वजनिक गरिएको छ। संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार अमेरिकी सहयोग एमसिसीका विषयमा छलफल अघि बढ्ने उल्लेख छ।

अर्थ मन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसीबीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफलको कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

गत फागुन ८ गते बसेको संसद बैठकमा अर्थमन्त्री शर्मा अनुपस्थित भएपछि संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी संसदमा टेबल गर्नुभएको थियो ।

भोलिको बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने पनि कार्यसूची राखिएको छ।

Back to top button