आजदेखि काठमाडौँ उपत्यकाको फोहोर उठ्ने

काठमाडौं । आजदेखि काठमाडौँ उपत्यकाको फोहोर उठ्ने भएको छ। गत फागुन १ गतेदेखि उठ्न नसकेको फोहोर बिहीबारदेखि उठने काठमाडौँ महानगरले जनाएको हो ।

बुधबार आन्दोलनरत पक्षका माग सम्बोधन गर्न सहमति भएपछि फोहोर उठ्ने भएको महानगरको वातावरण विभागकी प्रशासनिक प्रमुख सरिता राईले बताउनु भयो ।
हाल फोहोर बिसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मत समयमै नगरेको भन्दै पासाङल्हामु राजमार्गका बासिन्दाले गरेको अवरोधका कारण काठमाडौँ उपत्यकाको फोहोर ११ दिनदेखि उठ्न सकेको थिएन् ।

काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहोर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हुँदै आएको छ।

Back to top button