सुन र चाँदीको मूल्य वृद्धि, सुन तोलाको रु ९९ हजार

काठमाडौं । सुनको भाउ आज प्रतितोलामा २ हजार ५ सय रुपैयाँको दरले बढेर एक लाख नजिक पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुन तोलाको ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यसैगरी आज तेजावी सुनको भाउ तोलाको ९८ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँको दरले बढेको छ। हिजो एक हजार ३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३ सय ५५ रुपैयाँमा निर्धारण भएको छ।

 

Back to top button