बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे घर भएका ५१ वर्षीय छत्रबहादुर रोका क्षेत्री रहेको प्रहरीले जनाएको छ।

अपराध महाशाखाको टोलीले हिजो काठमाडौंको बसुन्धराबाट पक्राउ गरी आज काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ।

यस्तै,उच्च अदालत पाटनले २०७७ साल मंसिर २६ गते क्षेत्रीविरुद्ध बैंकिङ कसुर मुद्दामा ५ लाख जरिवाना तोकेको थियो। फरार प्रतिवादीलाई प्रहरीले हिजो बसुन्धराबाट पक्राउ गरेको हो।

Back to top button