एमसिसी पास हुन्छ, गठबन्धन टुट्दैनः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन नटुट्ने दाबी गर्नुभएको छ ।

अमेरिकी सहयोग परियोजना एमसिसी पारित हुने र सत्तारुढ गठबन्धन पनि नटुट्ने उपायको खोजी भइरहेको बताउनुभएको छ ।

आज सिंहदरबारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताबीच यसै विषयमा छलफल भएको थियो ।

छलफलपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसिसीबारे सहमतिकै बाटोबाट अघि बढने संक्षिप्त प्रतिक्रिया दिनुभएको छ ।

उहाँले भन्नुभयो,‘हामी छलफल गरिराखेका छौं । समस्याको समाधान हुन्छ । गठबन्धन टुट्दैन । सहमतिको बाटोबाटै अघि बढ्छ ।’

Back to top button