एकलाख राशिको उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार डा.कंडेललाई

काठमाडौं । यस वर्षको उत्कृष्ठ स्वास्थ्य सेवा पुरस्कार डा.जितेन्द्र कंडेललाई प्रदान गरिने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक लाख राशिको यो पुरस्कार बेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कंडेललाई प्रदान गर्ने भएको हो। २४ औँ राष्ट्रिय स्वास्थ्य सेवा दिवस स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले आज उहाँलाई यो पुरस्कारबाट सम्मान गर्ने कार्यक्रम छ।

यस्तै ५० हजार राशीको स्वास्थ्य सेवा पुरस्कारबाट ४ जना स्वास्थ्यकर्मी पुरस्कृत भएका छन्। पुरस्कृत हुनेहरुमा बाजुरा अस्पतालिकी अनमी धनकला थापा, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेतका ल्याव टेक्निसियन निरीक्षक ओम आचार्य, रामप्रवेश साह ल्याव टेक्निसियन प्रादेशिक अस्पताल गौर र योगेन्द्र कट्टेल सीअहेव चतरा प्राथमिक स्वास्थ्य केन्द्र वराह क्षेत्र सुनसरीको हुनुहुन्छ ।

उहाँहरुलाई आज स्वास्थ्य मन्त्रालयमा हुने विशेष समारोहमा पुरस्कृत गरिदैँ छ। यस्तै दिवसकै अवसरमा १० जनालाई स्वास्थ्य सेवा सम्मान दिइँदै छ। त्यसरी सम्मान पाउनेहरुमा सञ्जीव कट्टेल फार्मेसी अधिकृत व्यवस्था विभाग विराटनगर शाखा, रुद्रनारायण महत्तो कविराज जिल्ला आयुर्वेद रौतहट, बढेवाबु थापा बरिष्ठ फार्मासिस्ट अधिकृत स्वास्थ्य सेवा विभाग, प्रेमकुमारी केसी अनमी दर्लिङ स्वास्थ्यचौकी बागलुङको हुनुहुन्छ ।

यसैगरी डा. शरद चन्द्र बराल मेडिकल अधिकृत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लिला थापा महिला स्वास्थ्य स्वयंसेविका गुल्मी, गोकर्ण गिरी बरिष्ठ जनस्वास्थ्य अधिकृत स्वास्थ्य कार्यालय बर्दिया, सञ्जु रिजाल अस्पताल नर्सिङ निरीक्षक भेरी अस्पताल, लालबहादुर रोका हेल्थ असिस्टेन्ट गोकुले स्वास्थ्य चौकी महाभारत गाँउपालिका काभ्रे र गगन विक हलुका सवारी चालक खादाङ गाँउपालिका मुस्ताङको हुनुहुन्छ ।

दिवसको अवसरमा स्वास्थ्यकर्मी तथा कर्मचारी छनौट गर्नका लागि मन्त्रालय प्रमुख विशेषज्ञ डा.गुणराज लोहनीको संयोजकत्वमा समिति बनाएको थियो।

Back to top button