गठबन्धनमा सहमति जुट्यो, एमसिसी आजै पास हुने

काठमाडौं । सत्ता गठबन्धनको बैठकले एमसिसी संसदबाट पारित गर्न सहमती जुटाएको छ ।

व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गर्ने गठबन्धनमा सहमती भएको नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिनुभएको छ ।

उहाँका अनुशार आजै एमसीसी अनुमोदन समेत हुनेछ । कांग्रेसले एमसिसीमा गठबन्धनको साथ नपाएपछि प्रमुख प्रतिपक्षी एमालेसँग निरन्तर छलफल गर्दै आएको थियो ।

एमालेसँगको छलफल सहमति नजिक पुग्ने भएपछि एकिकृत माओवादी र एकिकृत समाजवादीको हिजो बसेको बैठकले एमसिसी पास गर्दै गठबन्धन जोगाउने निर्णय समेत गरेको थियो । सोहि अनुरुप आज बसेको गठबन्धनको बैठकले एसिसी अनुमोदन गर्दै अघि बढ्ने निष्कर्ष निकालेको हो ।

बालुवाटारबाट बाहिरिँदै एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले व्याख्यात्मक घोषणाका सम्बन्धमा हामीले पार्टीमा छलफल गरेर निर्णय लिनुपर्ने भन्दै प्रधानमन्त्रीलाई आग्रह गरेको बताउनुभयो ।

तर प्रधानमन्त्री देउवाले भने आज छलफल अगाडि बढाउनैपर्ने अडान राखेपछि आफु पार्टीको बैठकका लागि निस्किएको बताउनुभयो । एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै छ। सो बैठकले आधिकारिक निर्णय लिने छ।

Back to top button