एमसिसी पासको सहमति जुटाउन एकीकृत समाजवादीको स्थायी समिति बैठक जारी

काठमाडौं । अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजना अनुमोदन गर्ने विषयमा थप छलफल गर्न नेकपा (एकीकृत समाजवादी)को स्थायी समिति बैठक सुरु भएको छ ।

सत्तारुढ गठबन्धन दल एमसिसीका बारेमा व्याख्यात्मक घोषणासहित अनुमोदन गराउन सहमत देखिएपछि समाजवादीले बैठक बोलाएको हो ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने सत्ता गठबन्धनले निर्णय गरेको थियो ।

बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले व्याख्यात्मक घोषणासहित एमसिसी पारित गर्ने गठबन्धनमा सहमति जुटेको बताउनुभएको छ ।

Back to top button