नायक पल आज आफै प्रहरीसमक्ष उपस्थित हुने

काठमाडौं । नायक पल शाहले आफै प्रहरीसमक्ष उपस्थित हुने बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत आज आफू प्रहरी समक्ष जाने जानकारी दिनुभएको हो ।

शाहविरुद्ध एक नाबालिक गायिकाले तनहुँ प्रहरीमा बलात्कारको आरोप लगाउँदै उजुरी दिएकी छन्। नायक पल केही दिनयता प्रहरीको फरार सूचीमा हुनुहुन्थ्यो ।

उहाँको अभिनय रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ अहिले देशभर प्रदर्शन भइरहेको छ।

आफ्नो स्वास्थ्य, घर व्यवहार मिलाउन तथा चलचित्रमाथि असर नपरोस् भनेर प्रहरीसमक्ष नगएको उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत बताउनुभएकोे छ । अब कानुनको सम्मान गरी आफै उपस्थित हुने उहाँले उल्लेख गर्नुभएको हो ।

Back to top button