नायक पल शाह पक्राउ

काठमाडौं । नायक पल शाह पक्राउ पर्नुभएको छ । उहाँले आज जिल्ला प्रहरी कार्यालय तनहुँमा आफै पुगेर आत्मसमर्पण गर्नुभएको हो ।

जिल्ला प्रहरी तनहुँले शाह कार्यालयमा उपस्थित भएको पुष्टि गरेको छ। यसअघि शाहले आजै प्रहरीमा आत्मसमर्पण गर्ने बताउनुभएको थियो । नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै गत बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । त्यसयता शाह फरार हुनुहुन्थ्यो ।

उहाँले सामाजिक सञ्जालमार्फत ‘नेपालको कानुनलाई सम्मान गर्दै आज नेपाल प्रहरी सामु म आफै उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु’ भनि उल्लेख गर्नुभएको थियो ।

उहाँविरुद्ध अभियोग पुष्टि भएमा १० देखि १२ वर्षसम्म जेल सजाय हुनेछ ।

Back to top button