जंगलमा लुकाई राखेको मोटरसाइकलसहित २ जना पक्राउ

सर्लाही । प्रहरीले जंगलमा लुकाई राखेको अवस्थामा चोरीको मोटरसाइकलसहित २ जनालाई पक्राउ गरेको छ।

गएराति बागमती नगरपालिका–९, बाट हराएको ज६प २६०४ नम्बरको मोटरसाइकल आठ घण्टापछि आज बिहान प्रहरी चौकी राजघाटको टोलीले बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार मोटरसाइकल चोरी गरेर बागमती नगरपालिकास्थित शंकरपुर जंगलमा लुकाई राखेको अवस्थामा बरामद भएको थियो । प्रहरीले घटनामा संलग्नको आशंकामा २ जनालाई पक्राउ गरेको छ ।

यस्तै,मोटरसाईकलसहित बागमती नगरपालिका–९, शंकरपुर बस्ने १९ बर्षीय विनोद महतो र सोही स्थानका १८ वर्षीयका अनिलकुमार यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको निमित्त प्रवक्ता प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिनुभयो ।

घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Back to top button