इज्जत जाने डरले भाग्दै गरेकी बालिकालाई समातेर घाँटी थिचेर हत्या

विराटनगर । मोरङको लेटाङ नगरपालिका–८ की १२ वर्षीया करुणा राईको हत्याका आरोपी ६३ वर्षीय दीपक गिरीलाई पक्राउ गरी मोरङ प्रहरीले सार्वजनिक गरेको छ । आइतवार पत्रकार सम्मेलन गरेर गिरीलाई सार्वजनिक गरिएको हो ।

गत बुधवार साँझ विद्यालयबाट घर फर्कने क्रममा लेटाङ– ८, लालहीरा सामुदायिक वनमा बालिकाको बलात्कारपछि हत्या भएको थियो । बालिकाको शव शुक्रवार भेटिएको थियो ।

बुधवार बालिका विद्यालयबाट एक्लै फर्केको देखेपछि गिरीले पछ्याउदै गएर बलात्कार गरेको मोरङ प्रहरीले जनाएको छ ।बालिकालाई गिरिले फकाएर घर जाने छोटो बाटो देखाइदिन्छु भन्दै जंगलभित्र लगेको र मुख थुनेर बलात्कार गरेको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी जनार्दन जिसीले जानकारी दिनुभयो ।

‘बलात्कारपछि बालिकाले बुवालाई भनिदिन्छु भनेर भाग्दै गर्दा इज्जत जाने डरले बालिकालाई समातेर गिरीले घाँटी थिचेर हत्या गरेको खुलेको एसपि जिसिले बताउनु भयो ।

प्रमाण नष्ट गर्नका लागि बालिकाले लगाएका पोशाक र जुत्ता घरनजिकै रहेको खोल्सीमा जलाएको पाइएको एसपी जिसीले बताउनु भयो ।

कपडा तथा जुत्ता जलाउन प्रयोग गरेको लाइटरका आधारमा प्रहरीले गिरीलाई नियन्त्रणमा लिएको हो ।

कपडा जलाएको स्थानमा लाइटर, कपडामा प्रयोग गरिने बटम, फ्रकमा लगाउने खिप तथा क्लिप, जाँते उच्चमावि लेखिएको कम्मर पेटीको बक्कल र कडी, जलेको अवस्थामा रहेको जुत्ताको सोल, जुत्ताको तुना छिराउने बटम र स्क्रिन फुटेको मोबाइल लगायतका सामाग्री भेटिएको प्रहरीले जनाएको छ ।

तिनै सामग्रीका आधारमा अपराधीलाई भेट्टाउन सफल भएको प्रहरीले जनाएको छ । लाइटर कसको हो भनी सोधखोज गर्दा गर्दा गिरीले मेरो हो भने पछि नियन्त्रणमा लिएको एसपी जिसीले बताउनु भयो ।

आरोपी गिरीको घरको बाटो हुँदै बालबालिका स्कूल जाने÷आउने गरेका छन् । मृतकको शव ढुंगाले हिर्काएको र नग्न अवस्थामा भेटिएको थियो ।

बालिका जाँते माध्यमिक विद्यालयमा ६ कक्षामा अध्ययनरत रहेको प्रहरीले जनाएको को छ । घटनास्थल बालिकाको घरबाट लगभग ३ किलोमिटर जति दक्षिण र उनी अध्ययनरत विद्यालयबाट लगभग २ किलोमिटर पश्चिममा पर्छ ।

बालिकाको शव भेटिएपछि प्रहरीले वास्ता नगरेको भन्दै स्थानीय तथा विद्यार्थीले आक्रोशित हुँदै प्रहरीविरुद्ध नाराबाजी गरेका थिए ।

घटनाका दोषी पहिचान गरी घटनास्थलमा उपस्थित गराएपछि मात्र स्थानीय र विद्यार्थीहरूले शव उठाउन दिएका थिए ।

पक्राउ परेका गिरीलाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद ५ को दफा ४१ बमोजिम जन्मकैदको मागसहित मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

गिरीकी श्रीमतीको क्यान्सरका कारण डेढ महिनाअघि मात्र मृत्यु भएको मोरङ प्रहरीले जनाएको

Back to top button