एमसीसी अनुमोदन गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले द्वन्द्वका क्रममा जागिर गुमाएका २३३ जना स्थायी शिक्षकलाई पुनर्बहाली गर्ने भएको छ ।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले द्वन्द्वका क्रममा जागिर गुमाएका २३३ जना स्थायी शिक्षकलाई पुनर्बहाली गर्ने निर्णय गरेको हो ।

यस्तै ​अस्थायीतर्फका २८४ जना शिक्षकलाई आर्थिक सहायता प्रदान गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको छ ।

साथै सरकारले एमसीसी अनुमोदन गराउन सहयोग गर्ने सबैलाई धन्यवाद दिने निर्णय गरेको छ ।

यस्तै नेपाली भूमि कसैका विरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता समेत सरकारले गरेको मन्त्री पौडेलले जानकारी दिनुभयो ।

Back to top button