सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी

सुर्खेत । एमसीसी सम्झौता अनुमोदनको विरोधमा आन्दोलन चर्किएपछि सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा यो आदेश जारी गरेको हो ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको बन्दका क्रममा सोमबार साँझ नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रको पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको थियो ।

एमसीसी विरोधी प्रदर्शन चर्किएपछि स्थानीय प्रशासनले आज बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार वीरेन्द्रनगरको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको ५ सय मिटर क्षेत्रसम्म कर्फ्यू लाग्ने छ ।

 

Back to top button