रुसी तोपका कारण एकै स्थानमा ७० युक्रेनी सैनिकको मृत्यु

काठमाडौं । रुसले गरेको तोप आक्रमणका कारण युक्रेनको उत्तर–पूर्वी शहर ओख्तिर्कामा ७० युक्रेनी सैनिक मारिएका छन्।

गतआइतबार रुसले प्रहार गरेको तोपका कारण ठूलो संख्यामा हताहती भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सुमी राज्यका प्रशासनिक प्रमुख डिमित्रो ज्हिभिट्स्कीका अनुसार रुसी तोपले युक्रेनी सेनाको युनिट नै ध्वस्त पारेको हो ।

भग्नावशेषबाट शव निकाल्न स्वयम् सेवी तथा उद्धारकर्मीहरु खटिएका छन् । घटनामा रुसी सेना (शत्रु) तर्फ पनि ठूलो क्षति भएको उहाँले बताउनुभयो ।

रुसी शवहरु रेडक्रसलाई जिम्मा लगाइएको उहाँले उल्लेख गर्नुभएको छ । रुसले गएको बिहीबारदेखि युक्रेनमा आक्रमण गर्दै आएको छ ।

Back to top button