हाम्रो अस्तित्व समाप्त पार्ने षड्यन्त्र चुट्कीकै भरमा समाप्तः नेपाल

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुको अस्तित्व समाप्त पार्ने षड्यन्त्रलाई चुट्कीकै भरमा समाप्त पारिदिएको बताउनुभएको छ ।

संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको अमेरिकी सहयोग परियोजना एमसिसीबारे पार्टीको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले १ फागुनमै आफ्नो पार्टीको अस्तित्व समाप्त पार्न खोजिएको भन्दै तर त्यस्ता षड्यन्त्रलाई चुट्कीको भरमा समाप्त पारिदिएको बताउनुभयो ।

माधवकुमार नेपालसहित १४ सांसदको मुद्दा पेशीमा चढेकै दिन सत्तारुढ गठबन्धनका ९८ सांसदले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग संसदमा दर्ता गराएर षड्यन्त्रलाई परास्त गरेको उहाँले संकेत गर्नुभयो ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमसीसीलाई लिएर अनेक शंका भएपनि व्याख्यात्मक घोषणापछि ढुक्क भएको बताउनुभएको छ ।

Back to top button