माओवादी केन्द्रभित्र चर्किएको विवाद कायमै, श्रेष्ठलाई फकाउदै प्रचण्ड

काठमाडौं । एमसीसी अनुमोदनको विषयलाई लिएर नेकपा माओवादी केन्द्रभित्र चर्किएको विवाद अझै सेलाउने छाँट देखिएको छैन । एमसीसी अनुमोदनको विपक्षमा उभिएका पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई फकाउन अध्यक्ष प्रचण्ड मंगलबार हात्तीवनस्थित श्रेष्ठ निवासमा पुगेका थिए । दुई नेताहरूबीच मन माझामाझ नभएपछि प्रचण्डले आज श्रेष्ठसँग पनि छलफल गर्ने हुनु भएको छ ।

माओवादी अध्यक्ष प्रचण्डले सोमबार आफ्नै निवासमा गरेको पत्रकार सम्मेलनमा नारायणकाजी श्रेष्ठलाई वामदेव गौतमसँग तुलना गर्दै पार्टी छाडेर जान सक्ने सङ्केत गरेपछि श्रेष्ठ चिढिनु भएको हो । पूर्व एकता केन्द्र समूहका नेतासमेत रहनु भएका श्रेष्ठले पार्टीबाट विद्रोह गर्न सक्ने सङ्केत पाएपछि प्रचण्ड मंगलबार उहाँलाई भेट्न हात्तीवन जानु भएको थियो ।

मंगलबारको भेटमा प्रचण्डले सोमबारको अभिव्यक्तिप्रति आत्मालोचना गर्दै मिलेर अघि बढ्न आग्रह गरेको श्रेष्ठ निकट एक नेताले बताउनु भयो । उहाँका अनुसार ‘बुधबार पनि उहाँहरूबीच भेटवार्ता हुँदैछ ।

Back to top button