एमसिसीको ब्याख्यात्मक टिप्पणी, न्यानो थाङ्नो मात्रः झलनाथ खनाल

विराटनगर । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालले अमेरिकी सहयोगको एमसिसीको ब्याख्यात्मक टिप्पणी भनेको न्यानो थाङ्नो मात्रै भएको टिप्पणी गर्नुभएको छ ।

आज विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानीमा उहाँले ब्याख्यात्मक टिप्पणी नेपालका नेताहरुलाई आनन्दपूर्वक सुतुन भनेर बनाइएको न्यानो थाङ्नो मात्रै भएकोे बताउनुभयो ।

उहाँले २सय ७५ जना सांसदलाई हेरेको हेरै पारेर जवरजस्ती एमसिसी पास गरेको आरोप समेत लगाउनुभयो । ‘यो नेपालको इतिहासमा दुखद र लज्जाजनक कुरा हो’ उहाँले भन्नुभयो,‘ न छलफल गर्ने वातावरण बन्यो, सांसदहरुलाई हेरेको हेरै पारेर जवरजस्ती माथिवाट पेलेर पास गरीयो ।’

संसदबाट पास गर्दा समेत प्रकृया नपुर्‍याई पास गरेको उहाँले बताउनुभयो । ‘सदनमा प्रस्तुत भएको प्रस्ताव सदन भरीनै छलफल गर्नु पर्ने हुन्छ’ नेता खनालले भन्नुभयो,‘छलफल भएन भने अर्को सदनमा फेरी पेश गर्नु पर्ने हुन्छ एमसिसी पनि त्यस्तै भएको छ ।’

केपि ओलीले टेवुल गरका थिए भनेर कथा सुनाए जस्तै गरेर पास गरेको उहाँले बताउनुभयो । संसदका विधान मिचेर पास भएको भन्दै उहाँले ब्याख्यात्मक टिप्पणीलाई कथितको संज्ञा दिनुभयो ।

एमसिसीले ल्याउने परिणाम अब जन्मिदै जाने भन्दै उहाँले कार्यन्वयनमा ठूलो चुनौती रहेको तर्क गर्नुभयो । गठबन्धन एमसिसीका कारण नबनेको र एमसिसीकै कारण नटुट्ने समेत उहाँले जिकिर गर्नुभयो ।

Back to top button