पेशागत महासंघ मोरङको नयाँ नेतृत्व चयन, अध्यक्षमा प्रकाश शर्मा निर्वाचित

निशान्त ढुङ्गाना

विराटनगर । नेकपा एमाले निकट पेशागत महासंघ नेपालको मोरङ्ग जिल्ला कार्यसमितिले नयाँ नेतृत्व चयन गरेको छ । विराटनगरमा सम्पन्न ५ औं जिल्ला अधिवेशनले प्रकाश शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा गुरू अधिकारी , पृथ्वीकुमारी बस्नेत , सचिवमा शालिग्राम कोइराला, सहसचिवमा अशोक रेग्मी तथा कोषाध्यक्षमा बिनोदकुमार यादव निर्वाचित हुनुभएको नव–निर्वाचित अध्यक्ष शर्माले जानकारी दिनुभयो ।

महासंघ जिल्ला कार्यसमितिको सदस्यहरूमा डिल्लीप्रसाद पोखरेल, अन्तिम आचार्य, गिता भुजेल , हरि पोखरेल, निता राई, चुडामणी निरौला, प्रेम धिमाल, यादव गौतम, सरस्वती न्यौपानेलगायत निर्वाचित हुनुभएको छ ।

नेपाल निजामती कर्मचारी संगठनको मोरङका अध्यक्ष ओमराज सुवेदीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा
नेकपा एमालेका केन्द्रिय सदस्य तथा मोरङ ईन्चार्ज विनोद ढकाल, एमाले जिल्ला अध्यक्ष ऋषिकेश पोखरेल, एमाले जिल्ला सचिव रूपेश खतिवडा तथा पेशागत महासंघको केन्द्रिय उपाध्यक्ष राजकुमार गिरीलगायतले पेशागत महासंघले देशको समग्र विकासमा गरेको योगदान तथा आगामी दिनमा खेल्नु पर्ने भूमिकाका बिषयमा चर्चा गर्नुभयो ।

Back to top button