उर्लाबारीमा जुवा खेल बाट ७ जना पक्राउ

विराटनगर । मोरङको उर्लाबारीमा जुवा खेल बाट ७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पक्राउ पर्नेमा उर्लावारी ५ का कमल शाक्य, उर्लाबारी १ का कृष्ण अधिकारी, सुनसरीको रामधुनी झुम्काका लक्ष्मी बास्तोला, घरधनी उर्लाबारी ७ का कृष्ण प्रधान, दमक ८का सूर्य प्रसाईं, उर्लाबारीका गोबिन्द केसी र उर्लाबारीकै शिव लिम्बु रहेको मोरङ प्रहरीले जनाएको छ । छन् ।

सिसी क्यामरा नै राखेर खेल्ने गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मन्जिल मुकारूङले बताउनु भयो । कृष्ण प्रधानको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सुचनाका आधारमा नियन्त्रणमा लिएको डिएसपि मुकारुङले बताउनु भयो ।

बाहिरबाट आउने जानेको निगरानीका लागि सिसी टिभी जडान गरेर व्यवस्थित रुपमा खेल्ने गरेको उहाँले बताउनु भयो

जुवाको खाल बाट प्रहरीले २ लाख ७२ हजार समेत नियन्त्रणमा लिएको जनाएको छ । बुधबार सवा ४ बजे खेलिरहेकै स्थानबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय उर्लावारीम राखिएको छ ।

पक्राउ परेकाहरुलाई जुवा ऐन अन्तरगत मुद्धा दर्ता गरेर अनुसन्धान अगाडि बढाउने मोरङ प्रहरीले जनाएको छ ।

Back to top button